गर्भवतीका लागि प्रभावकारी बन्दै राष्ट्रपति महिला उद्धार कार्यक्रम

  • ६ महिनामा दशको उद्धार

  • माघ १९, दैलेख
    गर्भवती र सुत्केरी समस्यामा परेका महिलाहरुको हेलिकप्टर मार्फत उद्धार गर्ने अभियान दैलेखमा प्रभावकारी बन्दै गएको छ ।
    दैलेखममा ६ महिनाको अवधिममा १० जना समस्यामा परेका गर्भवती र सुत्केरी महिलाको उद्धार गरिएको छ ।
    बच्चा जन्माउन समस्या भएका, अत्याधिक रक्तश्राव भएका महिलाहरुको उद्धारका लागि यो अभियान प्रभावकारी बन्दै गएको हो । दैलेखका विकट र दुर्गम जिल्लाहरुमा समस्यामा परेका गर्भवती र सुत्केरी महिलाहरुका लागि जिल्ला प्रशासन, स्थानीय पालिकाको समन्वयमा उद्धार कार्य सुरु गरिएपछि महिलाहरु जोखिमबाट मुक्त हुन सफल भएका छन् ।
    दैलेखको आठविस नगरपालिका ८ कि २४ वर्षीया हीरा बडुवाललाई अत्याधिक रक्तश्राव भएर थलिएपछि बुधवार उद्धार गरिएको छ । उनलाई हेलिकप्टरमार्फत् उद्धार गरी सुर्खेत लगिएको हो ।
    मंगलबार देखि नै सुत्केरी व्यथा लागेर थलिएकी बडुवालको स्थानीय स्वास्थ्य चौकीमा बच्चा जन्मे पनि रक्तश्राव हुन नरोकिएपछि थप उपचारका लागि सुर्खेत पठाईएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल जानकारी दिएका छन् ।
    ठेगाना आठविस नगरपालिका भएपनि सिमाना जोडिएको टाँठीकाँध गाउँपालिका स्वास्थ्य चौकिमा उपचारका लागि आएकी थिईन्, स्वास्थ्यकर्मीहरुले समस्या बढ्दै गएको भएपनि टाँठीकाँध गाउँपालिकाकी उपाध्यक्ष सुस्मिता सिंहरले मंगलवार बिहान ४ बजे प्रमुख जिल्ला अधिकारीलाई सहयोगका लागि फोन गरेकी थिईन् ।
    जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धार कोषबाट सुत्केरी बडुवालको हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताएका छन् ।
    स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीको बिशेष भूमिका जरुरी
    स्वास्थ्य संस्थामा आएका गर्भवती र सुत्केरी महिलाहरुको समस्या स्वास्थ्यकर्मीहरुलाई थाहा हुने भएकोले स्वास्थ्यकर्मीले स्थानीय सरकार प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई खवर गर्ने गरेका छन् । कतिपय स्थानहरुमा अहिलेपनि घरमै सुत्केरी गराउने प्रचलन कायमै रहेकोले समस्या थाहा पाउन र उद्धारमा समस्या हुने गरेको छ । घरमै पनि समस्यामा परेका गर्भवती र सुत्केरी महिलाहरुले पालिकाका जनप्रतिनिधि वा प्रमुख जिल्ला अधिकारीलाई समेत सिधै फोन गरेर उद्धारका लागि खवर गर्न जिल्ला प्रशासन कार्यालय दैलेखले अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार